तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

दमौली, पुष २१ । तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ। मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उहाँको परिचय खुल्न सकेको छैन ।
(रासस)
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८ ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय