Kath Khabar
काठमाडौंको कपनमा एउटै कोठामा युवक र युवती मृत फेला

 

काठमाडौं, पुष २३ । काठमाडौंको कपनमा एउटा कोठामा युवक र युवती मृत अवस्थामा भेटिएका छन् । कपनको शिवजी चोक नजिक रहेको एउटा घरको कोठामा खोटाङकी युसिना राई नाम गरेकी युवती मृत अवस्थामा भेटिनुभएको र संखुवासभाका अमिश जिमि नाम गरेका युवक घाइते अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार कोठामा केहि आवाज आएपछि ढोका फोडेर भित्र पस्दा राई मृत अवस्थामा र जिमि घाइते अवस्थामा फेला पर्नुभएको हो । घाइते जिमिको अस्पतालमा उपचारका क्रममा ज्यान गएको महाशाखाका प्रहरी उपरिक्षकले जानकारी दिनुभयो । उनीहरुको शरीरमा धारिलो हतियारको चोट देखिएको छ । उनीहरू केही दिनदेखि लिभिङ टुगेदर बसेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update