Kath Khabar
ललितपुरमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु


ललितपुर, पुस २३ । कोञ्ज्योसोम गाउँपालिका ३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

सोही गाउँपालिका २ शंखुस्थित बा.३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा विद्युतको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कीर्तिपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update