नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्टका लागि निर्माण गर्न लागिएका संरचना भत्काउन थालियो

काठमाडौं, पुस २३। नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले निर्माण गर्न लागेका संरचना भत्काउन सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले उक्त प्रक्रियाको छानबिनका लागि एक समिति गठन गरेको छ । समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्यले जानकारी दिनुभयो।
रेस्टुरेन्टका लागि भनेर बनाउँदै गरेको उक्त संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशकले जानकारी दिनुभयो। उहाँका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् । सङ्ग्रहालयभित्र रेस्टुरेन्टका संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८ २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय