कलङ्कीमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु

काठमाडौं, पुष २५ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आउनुभएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो।
ठक्करबाट सख्त घाइते उहाँको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्नुहुने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८ १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय