
काठमाडौं, पुस २६। काठमाडौं महानगरपालिका-१० विजुली बजारस्थित सडकमा हाल नम्बर नखुलेको टिपरको ठक्करबाट भक्तपुर व्यासी बस्ने कालिकोट पचाल झरना गाउँपालिका-२ घर भएका २२ वर्षीय विपिन विकको आइतबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित रोधी घरमा मादक पदार्थ सेवन गरी झगडा गरी भाग्ने क्रममा टिपरले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका उहाँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झगडामा संलग्न ४ जनालाई नियन्त्रणमा लिनुका साथै फरार १ जना तथा सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित सडकमा बागमती प्रदेश ०२-०३१प७५६२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-३२ सुविधानगर बस्नुहुने रामेछाप घर भएका ६३ वर्षीय जिवनाथ गौतमको आइतबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाँको मिनभवनस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ ।