
काठमाडौं, पुस २७। कोभिड-१९ को विश्वव्यापी महामारीको रुपमा फैलिएको संक्रमण नियन्त्रणका लागि छलफल गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दैछ।
कोरोना संक्रमण बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकोको बैठक आज मंगलबार बस्न लागेको हो। मंगलबार दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ संक्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ।
यसअघि नै सीसीएमसीसीले गरेको सिफारिस अनुसार बैठकले कोरोनाको सङ्क्रमणलाई रोक्ने ध्येयका साथ विभिन्न निर्णयहरु गरेको थियो । उक्त बैठकमा कोभिड-१९ सङ्क्रमणको स्थानीय अवस्था हेरेर जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमार्फत निर्देशित गरिने कुरा जानकारी गराएको थियो ।