Kath Khabar
धादिङमा पहिरो खस्दा डोजर पुरिएसँगै तीनजना बेपत्ता

धादिङ, पुस २९। रुबीभ्याली गाउँपालिका वडा नम्बर १ तिप्लिङको पुरु नजिकै गए राति पहिरो खस्दा तीन जना हराइरहेका छन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो खस्दा स्काभेटरसमेत पुरिएको छ ।

धादिङबेँसी सदरमुकामबाट दुई दिनको पैदल दूरीमा पर्ने सो क्षेत्रमा विकट गाउँमा सडक पुर्याउन काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।  घटनास्थलमा नेपाल प्रहरी र स्थानीयवासी पुग्दै गरेकाले थप विवरण आउन बाँकी छ । घटनामा हराएकाहरुको खोजी भइरहेको छ। स्काभेटर चालक, उहाँका सहयोगी र एक स्थानीयवासी हराएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update