Kath Khabar
भक्तपुरमा ट्याटु खोपाउन आएका एक युवकको मृत्यु


भक्तपुर, पुस २९। भक्तपुरमा ट्याटु खोपाउन आउनुभएका एक युवकको मृत्यु भएको छ । लोकन्थलीको मनहरा नजिक रहेको आइएनके ट्याटु सेन्टरमा ट्याटु खोप्न पालो कुरेर बस्नु भएका विराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खड्का हाल कोटेश्वर बस्दै आउनु भएको थियो । बुधबार राति ९ः३० बजेसम्म ट्याटु खोपाउन पालो कुरेर बस्नु भएका उहाँ पालो कुर्ने क्रममा बेहोस हुनुभएको थियो । उहाँलाई उपचारको लागि केएमसी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update