Kath Khabar
मेडिकल कलेजको शुल्क विवादबारे वार्ता हुँदै

काठमाडौं, पुस ३०। मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी र अभिभावकका प्रतिनिधि सहभागी रहेका छन् ।

शिक्षामन्त्री पौडेलले बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिँदै आउनुभएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update