प्राईम कर्मसियल बैंक को भरतपुर शाखामा आगलागी
४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट, आगलागीको वास्तविक कारण खोज्दै प्रहरी

चितवन, वैशाख २८ । प्राईम कर्मसियल बैंकको भरतपुर शाखा आगलागी भएको छ । बैंकको भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित शाखा कार्यालयमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी भएको हो।
उक्त आगालागीबाट करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय