Kath Khabar
कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

काठमाडौं, माघ २। काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति  ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।

बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि  फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update