सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला

काठमाडौं, माघ ३ । अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएकी एक नेपाली युवती मृत अवस्थामा फेला पर्नुभएको छ। काठमाडौंको कीर्तिपुर घर भएकी सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला पर्नुभएको हो। सिड्नीस्थित अर्चामनमा बस्दै आउनुभएकी २२ वर्षिय सुस्मिता कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया जानु भएको थियो ।
उहाँको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र शव नेपाल ल्याउन खर्च उठाइरहेको विक्रम दाहालले उल्लेख गर्नुभएको छ। मृतकको शव नेपाल पठाउन न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ । घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, माघ ३, २०७८ १०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय