कोटेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

काठमाडौं, माघ ५। काठमाडौंको कोटेश्वरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मोरङ पथरी घर भई हाल भक्तपुर सल्लाघारी बस्दै आउनुभएका २७ वर्षिय प्रकाश लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा लिम्बु सख्त घाइते हुनुभएका उहाँको उपचारको क्रममा मृत्यु भएको होे । उक्त मोटरसाइकलको पछाडि बस्नुभएका काभ्रेका ३१ वर्षीय देव लामा दुर्घटनामा गम्भीर घाइते हुनुभएको छ। उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बुधबार, माघ ५, २०७८ ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय