Kath Khabar
आजदेखि सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य


काठमाडौं, माघ ७ । काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय आजदेखि लागू भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै प्रशासनले यस्तो आदेश जारी गरेको हो।

सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, हवाई यात्रा, पार्क, रङ्गशाला जस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो (मोबाइलमा) देखाउनुपर्नेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update