
काठमाडौं, माघ ७ । जल तथा मौसम विज्ञान विभागले आगामी सोमबारसम्म मौसममा सुधार नआउने बताएको छ जनाएको छ।
विभागले शुक्रबार दिउँसो विशेष मौसम बुलेटिन जारी गर्दै भोलि शनिबारदेखि नेपालमा अर्को अर्को न्यून चापीय प्रणाली प्रवेश गर्न लागेकाले विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको हुन सक्ने जानकारी गराएको छ । बागमती र प्रदेश १ का उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने र बागमती, मधेश र प्रदेश १ का पहाडी र तराईका भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ। यो मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी तीन प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।