नूर स्मृति सेवा प्रतिष्ठान र सृजनशीप सेवा प्रा.लि.बाट विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

ललितपुर, वैशाख २८ । समाजसेवा र सामाजिक उत्तरदायित्वमा अग्रपंक्तिमा उपस्थिति जनाउँदै आएको नूर स्मृति सेवा प्रतिष्ठान खुमलटार र सृजनशीप सेवा प्रा.लि.बाट राष्ट्रिय युवा संघ, महालक्ष्मी नगर कमिटी ललितपुरका संयोजक श्री विकास सुवेदीलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
उक्त स्वास्थ्य सामाग्रीहरुमा सृजनशीप सेवा प्रा.लि.का तर्फबाट १० लिटर स्यानिटाइजर र ५ प्याकेट ग्लोब्स साथै नूर स्मृति सेवा प्रतिष्ठानका तर्फबाट ५०० थान मास्क, ५० बोतल स्यानिटाइजर र ५० थान फेस शिल्ड रहेको संस्थाका अध्यक्ष शहदेव राउतले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८ १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय