काठमाडौँमा तीन व्यक्ति मृत फेला

काठमाडौं, माघ ८ । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्।
बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीनवटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
(रासस)
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय