Kath Khabar
ओखलढुंगामा डोजरले पल्टाएको ढुंगा बोलेरोमाथि खस्दा ३ जनाको मृत्यु

ओखलढुंगा, माघ ९। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ नारायणस्थानमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खस्दा तीन जनाको ज्यान गएको छ। बाटो खन्ने क्रममा निकालेको ढुंगा खस्दा तल सडकमा गुडिरहेको जिपमा परेको थियो । सदरमुकाम आउँदै गरेको को १ज ३५६९ नम्बरको बोलेरोमा ६ जना सवार थिए ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ घर भएका हेम बहादुर मगर छन् । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् । घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगा स्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update