Kath Khabar
कोठाभित्र निस्सासिएर भक्तपुरमा ३ महिने बालकको मृत्यु


भक्तपुर, माघ ९। भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन् । दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको हो । घाइते हुनेमा ३० वर्षीय अभिषेक रम्तेल, उहाँकी २८ वर्षीया श्रीमती पसुना तामाङ रहनुभएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरु शनिबार बेलुकी खाना खाएर कोठामा आगो तापेर सुतेका थिए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले उहाँहरुलाई अचेत अवस्थामै अस्पताल पुर्‍याउनुभएको थियो । उपचारको क्रममा तीन महिने छोराको मृत्यु भएको हो। श्रीमान र श्रीमतीको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update