Kath Khabar
प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, सघन उपचार कक्षमा उपचार हुँदै


काठमाडौं, माघ ९। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । कोरोना पुष्टि भएसँगै उहाँको स्वास्थ्यस्थिती जटिल रहेकोले आइसीयूमा राखेर उपचार भइरहेको बताइएको छ ।

दुई दिन अघि गरिएको पीसीआर परीक्षणमा उहाँको कोरोना पोजेटिभ आएको बताइएको छ। हाल उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। सीता दाहाल लामोसमयदेखि स्वास्थ्य समस्यमा हुनुहुन्छ। पार्किन्स जस्तो मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोगबाट उहाँ लामो समयदेखि पीडित हुनुहुन्छ। केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । उहाँ भने कोरोना मुक्त भइसक्नुभएको छ ।

(रासस)

 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update