Kath Khabar
उपत्यकामा जारी जोर-बिजोर प्रणालीबारे शुक्रबार बैठक बस्दै

काठमाडौं, माघ १३। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा माघ ७ गते शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली लागु गरेको हो । तर त्यसले सडकमा सवारी साधनको चाप घटाएको भएपनि सार्वजनिक सवारी साधनहरुमा भने यात्रुहरूको भीड झन बढेकोले कोरोना संक्रमणको जोखिम झन् बढ्ने गुनासोहरू आइरहेका छन्।

शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बसेर जोर-बिजोर प्रणालीबारेमा समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो। यसको बारेमा अनुगमन भईरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update