Kath Khabar
कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा भए उपस्थित

काठमाडौं, माघ १३। प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ ।

माघ ९ गते उहाँलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो । युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेतलगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रममा ओलीको पूर्णकदको तस्बिरसहितको ब्यानरमा ‘शीघ्र स्वास्थ्यलाभको कामना श्रद्धेय अध्यक्ष केपी शर्मा ओली’ लेखिएको थियो । माघ ११ गते अध्यक्ष ओली संक्रमित भएको पार्टीले विज्ञप्ति नै निकालेर जानकारी दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update