Kath Khabar
बाबुले चलाएको ट्र्याक्टरले किच्दा छोरीको मृत्यु

झापा, माघ १५। कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहनुभएको छ ।

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते  हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो । उहाँको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

(रासस)

 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update