Kath Khabar
आजको सम्भावित मौसम

काठमाडौंं, माघ १६ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँका न्यूनतम तापक्रम तीन डिग्रिसेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । आज बिहान पनि काठमाडौँसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।

 

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update