कुवेतमा आगलागीमा परी दुई नेपाली महिला गम्भीर घाइते

काठमाडौं, माघ १६। कुवेतमा आगलागीमा हुँदा २ नेपाली महिला गम्भीर घाइते भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले जनाएको छ ।
कुवेतको फर्वानिया बल्कस्थित नेपाली बस्ने एक फ्ल्याटमा आगलागी हुँदा भिम कुमारी खत्री र बिमला दर्जी गम्भीर घाइते भएको एनआरएनएले जानकारी दिएको छ । शनिबार बिहान करिब ७ बजे विद्युत सर्ट हुँदा भएको आगलागीबाट ४ जना नेपाली भने भागेर ज्यान जोगाउन सफल भएको एनआरएनएले जानकारी दिएको छ ।
कुवेतस्थित नेपाली दूतावासले भने घटनाका विषयमा अनौपचारिक सूचना पाएको र उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८ १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय