Kath Khabar
पाँचथरमा लेक लागेर एक जनाको मृत्यु

पाँचथर, माघ २०। पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ। पाँचथरको फालेलुङ गाउँपालिका-५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ-५ धूपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो ।

भाइ विक्रम मगरसँग हिँजो दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लाग्नुभएका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्किनुभएको थियो। घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् हुनुभएका उहाँको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

(रासस)

 

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update