भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भक्तपुर, माघ २०। भक्तपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहनुभएको छ ।
चाँगुनारायण-७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । गिरीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका-८ लिवाली बस्नुहुने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८ २१:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय