Kath Khabar
अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

मकवानपुर, माघ २३। हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म  हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो ।

जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुन:सञ्चालनमा आएका छन् ।

(रासस)

 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update