Kath Khabar
आज हल्का वर्षाको सम्भावना

काठमाडौं, माघ २४। हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले न्यानो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच तथा अधिकतम तापक्रम १६ डिग्री सेल्सियस  छ ।

मङ्गलबार पनि प्रदेशन नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेशन नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update