Kath Khabar
आज मौसम सफा रहने

काठमाडौं, फागुन १ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म मौसम सफा रहनेछ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।
 

 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update