
काठमाडौं, फागुन ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब प्रिन्टेड टिकट वा पूर्ण विवरणसहितको डिजिटल टिकट मात्र देखाएर विमानस्थल छिर्न पाउने भएका छन् । यसअघि मोबाइलमा टिकट नम्बर मात्रै देखाएर प्रवेश गर्न पाइनेमा अब टिकट प्रिन्ट गर्नुपर्ने डिजिटल टिकट देखाउनुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।
केही यात्रुले १० अङ्कको प्यासेन्जर नेम रेकर्ड (पीएनआर) मात्रै लिएर विमानस्थलमा जाँदा लिएर जादा यात्रुको पहिचान नखुल्ने भएकोले सुरक्षा संवेदनशीलता बढेको तथा यात्रुको विवरण सङ्कलनमा सुरक्षाकर्मीलाई अप्ठेरो भएको भन्दै प्रिन्ट टिकट देखाएर मात्र प्रवेश गर्न पाउने विमानस्थलका महानिर्देशक भोलाप्रसाद गुरागाईंले बताउनुभयो ।
मोबाइलमा डाउनलोड गरिएको पूर्ण विवरणसहितको टिकट भएमा प्रिन्टलाई अनिवार्य नगरिएको विमानस्थल कार्यालयले जनाएको छ ।