Kath Khabar
ललितपुरमा घरको छतबाट लडेर एक व्यक्तिको मृत्यु


ललितपुर, फागुन ५। ललितपुर महानगरपालिका-७ भिन्छेबहाल बस्नुहुने ५६ वर्षीय राजु बज्राचार्यको ससुराली घरको छतबाट लडेर बिहीबार मृत्यु भएको छ ।

सोही महानगरपालिका-२० नटोलस्थित ससुरालीको ३ तले घरको छतबाट लडेर गम्भीर घाइते भएका उहाँको उपचारको लागि अल्का अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update