Kath Khabar
मिडियालाई औषधिमा छुट


काठमाडौं, फागुन ८। मिडिया एलाइन्समा आबद्ध पत्रकार, कर्मचारी तथा परिवारका सदस्यलाई औषधि खरिदमा छुट दिइने भएको छ । हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया एलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । सम्झौतानुसार हाम्रो फर्माले मिडिया एलायन्सका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ ।  

काठमाडौँ उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पायो भने सोही दिन घरसम्म आपूर्ति गरिदिनेछ । हाम्रो फर्माले मासिकरूपमा डिजिटल माध्यमबाट नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाइन्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लु खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलब्ध गराउने भएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update