Kath Khabar
‘मातृभाषा लोप भए नेपालको मौलिक पहिचान मेटिन्छ’


 

काठमाडौं, फागुन ९। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको मातृभाषा राष्ट्रि«य कविता महोत्सव २०७८ उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भावी सन्ततिका लागि भाषा र संस्कृति संरक्षण एवं संवद्र्धन गर्नुपर्ने बताउनुभयो । 

“विद्यालय तहमा मातृभाषामा पठनपाठन गराउन स्थानीय सरकारले काम गर्नुपर्छ, नेपालमा बोलिने मातृभाषामध्ये झन्डै ४० प्रतिशत लोपोन्मुख अवस्थामा पुग्नु दुःखदायी हो, एक दशकअघि मातृभाषामा संवाद गर्ने गरेकामा अहिले अङ्ग्रेजी प्राथमिकतामा पर्दा लोप हुन लागेको छ, अङ्ग्रेजीमै शिक्षा र ज्ञान राम्रो हुन्छ भन्ने भानले पनि मातृभाषा संरक्षणमा अप्ठ्यारो भएको छ”, उपराष्ट्रपति पुनले भन्नुभयो । 
 
प्रतिष्ठानले कविता महोत्सव गरेजस्तै मातृभाषामा साहित्यका अन्य विधामा पनि गतिविधि अघि बढाउन उहाँले सुझाव दिनुभयो । मातृभाषालाई स्थानीय सरकारका कामकाजका भाषाका रुपमा पनि स्थापित गर्नुपर्ने भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ नगर्न नहुनेमा उपराष्ट्रपति पुनको जोड थियो ।  

प्रतिष्ठानको संरक्षकसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा र संस्कृति नै राष्ट्रको मौलिक पहिचान भएकाले यसको संरक्षणका लागि सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कविता महोत्सवले मातृभाषामा साहित्य सिर्जना गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले सङ्कटापन्न मातृभाषाको संरक्षणकै लागि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको बताउनुभयो । प्रतिष्ठानलाई अध्ययन अनुसन्धानका लागि मन्त्रालयले आवश्यक बजेट विनियोेजन गर्ने मन्त्री आलेको वाचा थियो । 

“मन्त्रालय अन्तर्गतका विकृति, विसङ्गति हटाउन लागिपरेको छु, बतास कम्पनी र विभिन्न पाँचतारे होटलले कर नतिरेकाले तिर्ने सुनिश्चित गराएको छु, विगत सरकारका फोहोरको डङ्गुर हटाउन लागिपरेकाले मलाई उत्तेजित बनाउने गरी सम्पादन गरिएको अडियो सार्वजनिक गरेर बदनाम गर्न खोजिँदैछ, तर म देश ठग्नेलाई ठेगान लगाउन छोड्दिनँ”, उहाँले भन्नुभयो । 

आफूले अहिले गरिरहेको ट्रेलर मात्र भएको सुनाउनुहुँदै मन्त्री आलेले एक हप्तामा फिल्म देखाएरै मन्त्रालय अन्तर्गतका विकृति सुधार गरिने भनाइ राख्नुभयो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भाषिक बहुलतालाई बचाएर लैजान अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दुईदिने कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । 

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले विसं २०६८ को जनगणनाअनुसार १२४ भाषा समुदाय सूचीकृत भएकामा एउटा समुदायले आफ्नो भाषा नबोल्ने उल्लेख गर्नुहुँदै भाषा आयोगले गरेको अध्ययनबाट थप आठ भाषा पनि फेला पारेकाले १३२ भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । एक सय ३२ थुङ्गा फूलको गणराज्य नेपालले सबै मातृभाषाको संरक्षणमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संसारमा सात हजार मातृभाषा बोलिने गरेकामा ४३ प्रतिशत लोपोन्मुख अवस्थामा पुगेको अध्ययन अनुसन्धानबाट देखिन थालेको बताउनुभयो । नेपालमा पनि करिब ४० प्रतिशत मातृभाषा लोप हुन लागेका तथ्य सार्वजनिक हुन थालेकाले प्रतिष्ठान, विभिन्न विश्वविद्यालयलगायत सरोकार भएका निकाय मिलेर संरक्षण गरिनुपर्ने विचार उहाँले राख्नुभयो । 

कविता महोत्सव संयोजक एवं प्रतिष्ठान साहित्य ९मातृभाषा० विभाग प्रमुख लक्ष्मी मालीले बालबालिकालाई घरमै मातृभाषा बोल्न सिकाएर संस्कृति संरक्षणमा काम गर्नुपर्ने बताउनुभयो । मातृभाषाको अध्ययन अनुसन्धानका लागि आवश्यक बजेटको व्यवस्था हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा विभिन्न १६ जातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका कलाकारले हिमालदेखि तराईसम्म लोकधुनसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update