Kath Khabar
जंगलमा शव गाडिएको अवस्थामा भेटिएको बाालिकाको बलात्कारपछि हत्या भएको पुष्टि

विराटनगर, फागुन १४ । लेटाङ भोगटेनी नगरपालिका-८, ज्यामिरे टोलकी १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या गरिएको छ । हिजो उत्तरी मोरङको लेटाङस्थित स्थानीय सामुदायिक वनमा बालिकाको शव फेला परेको हो। करूणा राईको शव खाल्डो खनेर ढुङ्गाले थिचेर गाडिएको अवस्थामा फेला परेको मोरङ प्रहरीकाले जानकारी दिनुभयो।

बालिकाको शव नग्न अवस्थामा फेला परेको र शरीरका विभिन्न भागमा चोटपटक पनि देखिएको थियो । शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत राई बुधबार दिउँसो ४ बजेदेखि विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता रहेको र खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षे दीपक गिरीलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा  बलात्कारपछि मुख थुनेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update