बनेपामा शंकास्पद वस्तु फेला, घटनास्थल पुग्यो सेनाको टोली
काभ्रेपलाञ्चोक, फागुन १६ । काभ्रेको बनेपास्थित पुलबजारमा शंकास्पद वस्तु फेला परेको छ। सोमबार बिहान राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो।
नो एमसीसी लेखिएको उक्त शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १०:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय