काठमाडौंमा बन्दको सामान्य प्रभाव

काठमाडौं, फागुन १६। आइतबार संसदबाट एमसिसी अनुमोदन भएपछि एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलले आज सोमबार बन्दको आव्हान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य परेको छ । देशका विभिन्न ठाउँमा यातायात लगायतका क्षेत्रहरु प्रभावित बनेको छ। पूर्वपश्चिम राजमार्ग बिहानैदेखि सुनसान छ।
काठमाडौं उपत्यकामा भने यातायातका साधनहरू सहजरुपमा चलेका छन् । विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले पठनपाठन बन्द गरेका छन् । बन्द गराउदै हिड्ने ६ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ ११:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय