नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु फेला
काठमाडौं, फागुन १६। नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिण गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ। प्रेसर कुकरमा नो एमसिसी लेखिएको उक्त शंकास्पद वस्तु बम भएको आशंका गरिएको छ । मोटरसाइकलमा आएका दुई जना व्यक्तिले उक्त वस्तु राखेर गएको जानकारीमा आएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बमको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको छ ।
‘
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय