संसद भवन अगाडि राखिएको शंकास्पद वस्तु निष्क्रिय पारियो
काठमाडौं, फागुन १६। नयाँ बानेश्वरको संसद भवन अगाडि भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय गरेको हो ।
संसद भवन अगाडिको बीच सडकमा प्रेसर कुकरमा नो एमसिसी लेखिएको उक्त शंकास्पद वस्तु भेटिएपछि सो सडक खण्डमा करीब दुई घण्टा गाडी चलाउन रोक लगाइएको थियो। उक्त कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।
प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय