ललितपुरको पाटन, पुलचोक र जावलाखेल धुम्रपान निषेधित क्षेत्र घोषणा

ललितपुर, फागुन २०। ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, पुलचोक, र जावलाखेललाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। महानगरपालिकाले पाटन दरबार स्क्वायरमा आज एक कार्यक्रम आयोजना गर्दै यी तीन क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
आजदेखि नै लागू हुने गरी सुरु भएको यो कार्यक्रममा धुम्रपान निषेधित क्षेत्रमा सात दिन धूम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो । तथा जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ ।’ मेयर महर्जनले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८ १२:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय