Kath Khabar
पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति


तनहुँ, फागुन २२। नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ पर्नुभएका अभिनेता पल शाहलाई पुनः म्याद थप गरिएको छ। दमौली प्रहरी कार्यालयको हिरासतमा रहनुभएका पल शाहलाई जिल्ला अदालत तनहुँले  १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको थियो तर अनुसन्धान नसकिएकोले थप १२ दिन म्याद थपिएको तनहुँ  प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update