ललितपुरमा दुई दिनको शिशुसहित एकैघरका पाँच जनाको ज्यान गयो

ललितपुर, फागुन २३। ललितपुरमा दुई दिनको शिशुसहित एकैघरका पाँच जनाको मृत्यु भएको छ ।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका पाँच जना मृत भेटिएका छन् भने अर्का एकजना गम्भिर अवस्थामा उपचार भैरहेको छ ।
चार जना घरभित्रै मृत भेटिएका र दुई दिनको शिशु बेहोश अवस्थामा भेटिएको थियो । शिशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नल्लुकी काइली स्याङ्तान, उहाँकी बुहारी शुष्मा, नाति आशिष र नातिनी आश्मा र दुई दिनको शिशुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।
आज बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न जाँदा उनीहरु बेहोस अवस्थामा भेटिएका थिए । घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ १२:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय