पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौंं, फागुन २७। जबरजस्ती करणीको आरोप लागेका पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जोशीलाई शाहका लागि मतियारको काम गरेको आरोपमा पक्राउ गरेको हो ।
जोशी शुक्रबार तनहुँबाट पक्राउ पर्नुभएको प्रहरीले जनाएको छ । जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई सात दिनको म्याद दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८ २१:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय