Kath Khabar
मोटरसाइकल अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खस्दा ३ जनाको मृत्यु

मुग्लिन, फागुन २८। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको  मृत्यु भएको हो ।   

मृत्यु हुनेमा चितवनको  इच्छाकामना-३ का ३० वर्षीया तृकी गुरुङ र उहाँको छोरा ५ वर्षीया आरोन गुरुङ र  इच्छाकामना-२ बस्नुहुने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुनुहुन्छ।

मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले  बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)

 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update