सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु, २४ जना घाइते

सिन्धुली, फागुन ३०। सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर अनियन्त्रित भई पल्टिदा दुई जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् ।
हिजो आइतबार बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको ज्यान गएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय