Kath Khabar
ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन आजदेखि फेरि बन्द


काठमाडौं, चैत्र १ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले हिजो एक सूचना प्रकाशित गर्दै नयाँ आवेदन बन्द हुने जानकारी दिएको हो। अर्को सूचना प्रकाशित नभएसम्मका लागि आवेदन बन्द गरिएको सुचना अधिकारीले जानकारी दिनुभयो।

कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको र ति आवेदनहरु सकाउनको लागि नयाँँ आवेदन बन्द गरिएको उहाँले बताउनु भएको छ । लगभग ३/४ लाख जनाले अनलाइन आवेदन दिएको उहाँले बताउनुभयो । ती सबै आवेदकहरुको काम सकिएपछि मात्र अनलाइन आवेदन पुनः शुरु हुने र अब एक सातामै पालो आउने गरी नयाँ आवेदन प्रणाली खुलाउने योजना रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update