Kath Khabar
मकवानपुरमा बस दुर्घटना, दुई जनाको मृत्यु


हेटौंडा, चैत्र ४। मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बिहान बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाएते भएका छन् । हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको हो ।

ना ४ ख ४४५४ नम्बरको बस दुर्घटना हुँदा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका-४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही  ठाउँका २९ वर्षीय शम्भु दराई मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update