भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन-४ को विजेता

काठमाडौं, चैत्र ६। नेपाल आइडल सिजन४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जित्नुभएको छ । हिजो भएको ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार जनालाई पछि पार्दै भूपेन्द्रले उपाधि जित्नुभएको हो। यस्तै सिजन ४ को फस्ट रनरअप झापाका नामगेल तामाङ र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित हुनुभयो ।
विजेता भूपेन्द्रले पुरस्कारको रुपमा ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गर्नुभएको छ । त्यस्तै तामाङले ५ लाख र नेपालीले ३ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ। फाइनलमा प्रवेश गर्नुभएका झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेलले गिटार र १० लाख बराबरको बीमा प्राप्त गर्नुभयो। यो सिजनमा निर्णायकको रुपमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय