Kath Khabar
लेटाङ घटना- महिला प्रहरीको ज्यान गएकोबारे छानबिन सुरु, आठ जना पक्राउ

मोरङ, चैत ७। मोरङको लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यालयकी १३ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच आइतबार रातीसम्म भएको झडपमा एकजना महिला प्रहरीको ज्यान गएको छ । 

शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन्। तनाव बढेपछि लेटाङमा बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पनि हिरासतमा राखिएको छ ।


 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update